८ असार, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सोमबार काठमाडौं नल्याइने भएको छ। सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा सुर्खेतबाट पक्राउ परेका उनलाई अहिले नेपालगञ्जमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार उनलाई सोमबार नै हवाईमार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो। तर राति ढिलो भइसकेको र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यात्रा स्थगित गर्ने निर्णय गरिएको हो।
अब पौडेललाई मंगलबार बिहान हवाई जहाजमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनीमाथिको थप कानुनी प्रक्रिया काठमाडौंमै अघि बढाइने अपेक्षा गरिएको छ।





