ब्रेकिङ न्युज

सम्पत्ति छानबिनबारे आवाज उठाएको हुँ, अहिले भ्रम सिर्जना गरिँदैछ : जनार्दन शर्मा

९ असार, काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज आफैंले उठाएको दाबी गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा पनि विषय उठाएको स्मरण गराएका हुन्।

शर्माले अहिले सरोकार नै नभएको विषय बनाई मिडिया ट्रायल गरेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।

उनले भनेका छन्, ‘ सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।