ब्रेकिङ न्युज

गृहमन्त्रीको खानामा काँडा भेटिएपछि कुक शंकाको घेरामा ? यस्तो छ वास्तविकता

९ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि चितवनमा दुई जना कुकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाबारे अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। एसपी रामेश्वर पौडेलले घटनाबारे यथार्थ बुझ्न सोधपुछ भइरहेको जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङ रास्वपाको महाधिवेशनका लागि चितवनमा रहेका बेला एयरपोर्ट नजिकको एक होटलमा उनले अम्लेट खाएको बताइएको छ। अम्लेटमा माछाको काँडा भेटिएपछि घटनाबारे प्रहरी अनुसन्धान अघि बढाइएको छ।