११ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको थियो ।
बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ ।
राति १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान १२ बजेसम्म हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।





