११ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।
तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको घटनालाई कारण देखाउँदै फिफाले एन्फालाई निलम्बन गरेको हो ।
फिफाले फिफा विधानको धारा १४ को परिच्छेद (९आई) र ३ बमोजिम, तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लंघनका कारण एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।





