ब्रेकिङ न्युज

रास्वपा चुनावमा स्वर्णिमको ‘सुपर हिट’ प्रदर्शन

११ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले कुल २६५६ मत प्राप्त गर्दै सबै उम्मेदवारलाई पछि पारेका हुन्।

महाधिवेशनअन्तर्गत सम्पन्न मतदानमा वाग्लेले सुरुदेखि नै बलियो समर्थन पाएका थिए। विशेषगरी प्रवास समितितर्फबाट खसेका सबै मत उनको पक्षमा परेपछि उनी मतगणनाको केन्द्रमा रहेका थिए।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने क्रम जारी छ। मतगणनाको नतिजाले पार्टीभित्र वाग्लेको लोकप्रियता र प्रभाव अझ स्पष्ट रूपमा देखाएको विश्लेषण गरिएको छ।

रास्वपाको नयाँ नेतृत्व संरचना चयनका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि व्यापक प्रतिस्पर्धा भए पनि वाग्लेले सबैभन्दा बढी मत ल्याएर आफूलाई शीर्ष स्थानमा स्थापित गरेका छन्।