ब्रेकिङ न्युज

रास्वपाको नयाँ नेतृत्व चयन, केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्न थालेको छ। चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनअन्तर्गत बिहान भएको मतदानपछि अहिले विजयी उम्मेदवारहरूको नाम घोषणा गर्ने क्रम जारी छ।

पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि भएको निर्वाचनमा ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले क्रमशः नतिजा सार्वजनिक गरिरहेको छ।

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन्। बाँकी ५१ सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्य का रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।

महाधिवेशनको सबैभन्दा चासोको विषय बनेको केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्वजनिक हुन थालेपछि उम्मेदवार र प्रतिनिधिहरूको उत्सुकता बढेको छ।