१२ असार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासँग महामन्त्री गुरुराज घिमिरेले भेट गरेका छन् ।
नेपाली काँग्रेसका संस्थापन र अर्को पक्षबिचका पछिल्ला गतिविधि र काँग्रेसलाई एक ढिक्का बनाउने विषयमा बहस चलिरहेका बेला विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री घिमिरेले कोइराला निवास विराटनगरमा डा कोइरालासँग भेट गरेका हुन् ।
महामन्त्री घिमिरेले राजनीतिक र समसामायीक विषयमा छलफल भएको सामाजिक सञ्जालमा जानकारी दिएका छन् । डा कोइराला समूहमा रहेर काँग्रेस राजनीतिमा लामो समय सक्रिय रहेका महामन्त्री घिमिरे विशेष महाधिवेशनपछि गगन थापा समूहमा रहेका छन् ।
आजको दुई नेताबिचको भेटलाई काँग्रेस राजनीतिमा महत्त्वपूर्ण रूपमा हेरिएको छ । दुई नेता बिचमा काँग्रेस पार्टीलाई मनै देखी एकीकरण गराउने विषयमा महत्त्वपूर्ण कुराकानी भएको अनुमान गरिएको छ ।





