ब्रेकिङ न्युज

रास्वपा महाधिवेशनले प्रतिनिधिसभा बैठक सरेको सर्‍यै, अब कहिले ?

१२ असार, काठमाडौं । चितवनमा जारी सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभा बैठक सरेको सर्‍यै छ।

पछिल्लोपटक आज दिउँसो १ बजे राख्ने भनिएको प्रतिनिधिसभा बैठक पनि शनिबारका लागि सारिएको छ।

संसद् सचिवालयले जारी गरेको सूचनामा ‘विशेष कारणवश’ अब प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको उल्लेख छ।