ब्रेकिङ न्युज

सुरु भयो रास्वपा पदाधिकारी छान्नका लागि मतदान

१२ असार, चितवन । रास्वपा पदाधिकारी छान्नका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा. स्वर्निम वाग्ले पनि निर्विरोध भैसकेका छन्।

अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् ।

आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य पनि चयन भइसकेका छन् ।