समाचार

पत्रकार केशवराज पराजुलीको निधन

१९ असार,काठमाडौं । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ।

पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ।

पराजुली २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक थिए। विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन्।

पोखराको पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा उनको योगदान रहेको छ। पराजुलीका एक छोरा र चार छोरी छन्। उनको निधनमा नेपाल पत्रकार महासङ्घ, कास्कीले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ।