१८ असार, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
आज मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“सडक आवागमन सञ्चालनमा ल्याउनको लागि तैनाथ अवस्थामा रहेको दुईवटा मेसिनद्वारा दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको छ,” सडक डिभिजनले भनेको छ।
रोकिएरका सवारीसाधनका चालकलाई लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।





