ब्रेकिङ न्युज

वडा सदस्यले शिक्षा अधिकृतमाथि मोबिल खन्याएर गरे दुर्व्यवहार

२७ असार, दाङ । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल खन्याएर दुर्व्यवहार गरेका छन्।

पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियमविपरीत गराएको आरोप लगाउँदै बुढाथोकीले मोटरसाइकलमा सवार बोहोरामाथि हेल्मेटमाथिबाट मोबिल खन्याएका हुन्।

घटनाको भिडियो उनले सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न व्यक्तिलाई हालसम्म पक्राउ गर्न सकेको छैन।