ब्रेकिङ न्युज

सहयोग गर्न पुगेका अभियन्ता नै पक्राउ, कीर्तिपुर होल्डिङ सेन्टरमा के भयो यस्तो ?

२७ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न र सहयोगका लागि पुगेका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अन्सारीसँगै सरिश्मा थापालगायत केही व्यक्ति रहेको जनाइएको छ।

अन्सारीले भने आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट र लछारपछार गरेको तथा आफ्नो नाकबाट रगत आएको दाबी गरेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।