७ साउन, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेललाई नेपो बेबी भन्दै प्रदर्शन गर्ने ५ जना पक्राउ परेका छन् ।
त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्रीविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन भएको थियो ।
प्रदर्शनमा नाराबाजी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





