ब्रेकिङ न्युज

डा.गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव पुगे धनगढी, के होला सहमति ?

९ साउन, काठमाडौं । अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्न बालेन सरकारले पहल गरेको छ ।

यस्तै क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिए । सचिव पौडेलले डा केसीसँग प्रत्यक्ष संवादगरी उनले उठाएका मागबारे छलफल गर्नेछन्।

यसअघि शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा.केसीसँग टेलिफोनमार्फत प्रारम्भिक संवाद गरेका थिए । त्यसैको निरन्तरता स्वरूप सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्न प्रतिबद्ध रहेको जनाएको थियो ।