पु.समाचार

मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ

झापा । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापाका विभिन्न स्थानबाट हराएका १५ वटा मोटरसाइकलसहित मङ्गलबार पक्राउ परेका उनीहरुलाई आज इप्रका बिर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, बिर्तामोड–२ का १९ वर्षीय सइदुल सेख, भारतको दार्जीलिङ माटिगडा थाना बस्ने २१ वर्षीय जीवन राजवंशी, भारतकै किसनगन्जका २१ वर्षीय मोहमद साइदुन, हल्दिवारी–१ का २० वर्षीय राम भारती र भद्रपुर–१३ का २० वर्षीय दीपक रायलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट १० थान चोरीका मोटरसाइकलसमेत बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

मोटरसाइकल चोरी हुने क्रम बढेपछि इप्रका बिर्तामोडले प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । रासस