पु.समाचार

भारत भ्रमणमा कुनै नयाँ सम्झौता हुदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतसँग कुनै महत्वपूर्ण र नयाँ सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्रीले आगामी केही दिनमै हुन लागेको भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताए ।

भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा खासै नयाँ विषय नभएको भन्दै सो कुरा बताएका हुन् ।

यसपटक नयाँ समझौता गर्नुभन्दा पुराना सम्झौता प्रभावकारी कार्यान्वयनको पक्षमा आफू रहेको उनले बताए । प्रचण्डले आफू सपिङ लिष्ट लिएर भारत जान नलागेको स्पष्ट गरे ।

भारत भ्रमणमा जाने भन्नेवित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्ने भ्रमणलाई संशयका रुपमा नलिन आग्रह गरेको बताउँदै बिहीबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।