समाचार

पर्वतारोही संजय राहत लिएर प्युठानको बिकट गाउँ पुगे

कठमाण्डौ । क्रितिमानी विश्व पर्वतारोही एवम् लामो दुरीका धावक संजय पण्डित राहत लिएर प्युठानको बिकट गाउँ पुगेका छन् । पण्डित बुधबार प्युठानको बाढी पहिरो प्रभावित क्षेत्र फोप्लिमा राहत लिएर पुगेका हुन् ।

पण्डितले त्यहाँका सम्पूर्ण रुपमा क्षति भएका ६० घरपरिवारलाइ २० किलोका दरले १२ सय के जी चामल वितरण गरेका छन् । संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष समेत रहेका संजय पण्डित एवम् महासचिव सुरेन्द्र पण्डितले सो राहत सामाग्री वितरण गरेका थिए । संजय प्युठान निबासी हुन् ।

पण्डितले आफुलाई संसार भर प्युठानले चिनाउन प्रमुख भूमिका खेलेको हुनाले प्युठानी जनताको पीडामा केहि भएपनि राहत दिन सकेकोमा आफुलाई खुसी लागेको बताएका छन् ।

उनले भूकम्पपीडित जस्तै बाढीपिडितलाई पनि बिशेष प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् ।  भूकम्पपीडितहरुको घर भत्किए पनि अन्य ठाउमा घर बनाउन सकिने तर बाढी पहिरो पीडितहरुको सबै घर खेत बारीनै सखाफ भएकोले विशेष योजना सरकारले लिएर छिट्टै काम गर्न समेत उनले सरकारसंग जोडदार रुपमा माग गरेका छन् ।

पण्डित प्युठानबाट सगरमाथा लगायत विश्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् ।