एजेन्सी– अमेरिका र टर्की सिरियामा स्लामिक स्टेटको गढ क्षेत्र भनेर चिनिे रक्का क्षेत्रमा एक भएर लड्न तयार भएका छन् । टर्कीका राष्ट्रपति रेचेप अर्दोआनले सो कुराको खुलासा गरेका हुन् ।
राष्ट्रपति अर्दोआनले अमेरिकी राष्ट्रपति ओवामाले चीनमा भएको जी–२० बैठकमा भाग लिन जाने क्रममा आइएसआइका विरुद्धमा साझा अभियान बनाउन सुभाmव दिएको बताएका छन् ।
अमेरिकाले भने यसको पुष्टि गरिनसकेको भन्दै बीबीसीले समाचार लेखेको छ । पछिला महिना टर्की र सिरियाको सीमामा आइएस लडाकुहरु घुसेको भन्दै सो देशले सुरक्षा अभियान चलालइरहेको छ ।