पु.समाचार

रामचन्द्र पौडेलले अघि सारे नयाँ अवधारणा !

काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय निकायको पुनरसंरचनाको सवालमा नयाँ अवधारणा अघि सारेका छन् । नेता पौडेलले अब गाउँ नै !पिच्छे गाउँपालिका निर्माण गरिनुपर्ने तर्क गर्दै सो अवधारणा अघि सारेका हुन् ।

बुधबार राजधानीमा लमजुङदेखि सदनसम्मः लेखनाथ अधिकारी नामको पुस्तक लोकापर्ण गर्दै नेता पौडेलले स्थानीय तहको पुनर्संरचनाका लागि गठित आयोगले जनसंख्यालाई आधार मानेर अहिले गरेको प्रस्ताव निकै अव्यवहारिक रहेको भन्दै जनतालाई सरकारी सेवा सरलरुपमा उपलब्ध गराउन गाउँगाउँमा गाउँपालिका बनाइनुपर्ने धारणा राखे ।

उनले आयोगले बनाएको जनसंख्याको मापदण्ड गाउँपालिकाको मर्मविपरित रहेको बताए । उनले नेपालका गाउँहरु नै ठूलो आकारका रहेको भन्दै धेरैवटा डाँडाकाँडा मिलाएर गाउँपालिका बनाउने आयोगको प्रस्ताव स्वीकार गर्न नसकिने समेत बताए ।