पु.समाचार

सर्वोच्च अदालतको चासो

काठमाडौं । संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्वोच्च अदालतले चासो देखाएको छ ।

दुवै तहको निर्वाचन गर्दा उचिन आदेश माग्दै दायर एक रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचनका लागि आवश्यक कानुन निर्माण र मिति घोषणामा भइरहेका प्रगतिबारे सरकार र संसदसँग जवाफ मागेको छ ।

न्यायाधीश डा. आन्दमोहन भट्टरार्यको एकल इजलासले निर्वाचनासमबन्धी कानुन निर्माणमा भएका प्रयास र निर्वाचन तालिकाबारे भएको प्रगतिको लिखित जानकारी मागेको छ ।

कानुन निर्माणमा ढिलाई भएको र संविधानले तोकेको निर्वाचन गर्नुपर्ने अवधि आइपुग्न लाग्दासमेत बेवास्ता भएको भन्दै दायर रिटमा इजलासले निवेदकले उठाएका विषयलाई केकसो भएको हो १५ दिनभित्र लिखित जवाफ दिन भनेको जनाउँदै शुक्रबारको राजधानीमा समाचार लेखिएको छ ।