अन्तर्राष्ट्रिय

चीनबाट दिल्ली फर्किनासाथ जब मोदीले सुने दुःखद खबर !

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जब जी–२० शिखर सम्मेलन सकेर चीनबाट फर्के, उनी फर्किदा नफर्किदै उनको परिवारमा ठूलो दुर्घटना भयो । उनी सो घटनाबाट स्तब्ध भए ।

प्रधानमन्त्री मोदीका कान्छा भाई प्रल्हाद मोदीकी छोरी निकुञ्जबेनको मृत्यु भएपछि मोदीले चीनबाट फर्किएको केही समयमै पहिलो फोन आफ्नै भाई प्रल्हादलाई गरे ।

उनले फोन गरिरहँदा भने निकुञ्ज अन्तिम अवस्थामा पुगेकी थिइन् । ४१ वर्षीया निकुञ्जबेन ८–९ वर्षयता मुटुको रोगबाट ग्रस्त थिइन् । मोदी चीनबाट फर्केर दिल्ली ओर्लने वित्तिकै मंगलबार उनको निधन भयो ।

मोदीले आफ्नी भतिजी निकुञ्जबेनसँग बोल्ने कसरत नगरेका भने होइनन् तर उनी असफल भए । उनले अवस्था गम्भीर भएको सुनेपछि उपचारका बारेमा समेत भाई प्रल्हादसँग छलफल गरेका थिए । तर छलफल हुँदा नहुँदै उनको निधन भयो । त्यसपछि प्रधानमन्त्री मोदी समेत स्तब्ध भए ।

निकुञ्जबेन भारतकै भोेपालमा एउटा सामान्य डेरामा बस्थिन् । उनको परिवारमा एक श्रीमानसहित २ साना नाबालक छोराछोरी रहेका छन् । उनको पारिवारिक आर्थिक स्थिति खासै राम्रो थिएन ।

प्रधानमन्त्रीकी भतिजी निकुञ्जबेनका पति एक निजी फर्ममा कम्प्युटर अप्रेटरको काम गर्थे । निकुञ्जबेन भने आफ्नो आर्थिक स्थिति सुधार गर्नका लागि सिलाई बुनाईको काम गर्थिन् । उनको निधनपश्चात भारतीय प्रधानमन्त्री मोदी स्तब्ध भएको जनाउँदै भारतीय सञ्चारमाध्यामले समाचार लेखेका छन् ।