राजनीति

शुक्रबार १०३ औं वीपी स्मृति दिवस मनाइदै

काठामाण्डौ । शुक्रबार नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय वीपी कोइरालाको १०३ औं जन्मजयन्ती मानइदैछ । उनको सम्झनामा कांग्रेस नेता, कार्यकर्ता तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्वर्गीय कोइरालाको स्मरण गर्र्दैछन् ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाले पटक–पटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए । उनको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो ।

कोइरालाले नेपालमा १०३ वर्षसम्म एकलौटी ढंगले शासन चलाउँदै आएको राणा शासन व्यवस्थाका विरुद्ध लड्न नेतृत्व गरेका थिए । उनले भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागिता जनाएका थिए ।