पु.समाचार

नेपालको एउटा महत्वपूर्ण सन्धि परिमार्जन गर्न भारत तयार

काठमाण्डौ । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता (एमएलए) को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ।

शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुई दिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको हो ।

सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने भन्दै त्यसमा परिमार्जन गर्न नेपाली पक्षले प्रस्ताव गरेको थियो। त्यसमा भारतीय पक्षले सहमति जनाएको जानकारी बैठकमा सहभागी एक अधिकारीले दिएको जनाउँदै शनिबारको कान्तिपुरमा समाचार लेखिएको छ ।