आर्थिक

अबदेखि ढुकुटी र सहकारी पनि बैंकिङ कसुरको दायरामा

काठमाण्डौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ।

व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको हो ।

संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस् भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिएको कुरा उदृत गर्दै शनिबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।