अन्तर्राष्ट्रिय

अमेरिका र रुसले गरे महत्वपूर्ण सहमति

एजेन्सी– अमेरिका र रुस सिरियामा जारी द्धन्द्धको अन्त गर्न एउटा महत्वपूर्ण सहमति गरेका छन् । ती दुई देशले सिरियामा युद्ध अन्त गरेर राजनीतिक संक्रमण शुरु गर्ने महत्वपूर्ण योजनामा सहमति जनाएका हुन् ।

यो सहमति अनुसार अमेरिका र रुसले सिरियामा एउटा संयुक्त सैन्य केन्द्र स्थापना गरिने समेत जनाइएको छ । उक्त सैन्य केन्द्रले स्लामिक स्टेट र अल नुस नामको अर्को विद्रोही समुहसँग लड्ने जनाइएको छ । यद्यपि, सो सहमति र योजनाअनुसार सिरिया सरकारले भने विपक्षीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा जारी सैन्य कारवाही रोक्ने जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सेरगेई लाभ्रोभबीचको वार्ता पछि यो सहमति भएको जनाइएको छ । सो योजनामा आगामी सोमबारदेखि सातदिनसम्म राष्ट्रव्यापी रुपमा गरिने युद्धविरामलाई पनि समेटिएको बताइएको छ ।

सिरिया सरकारले गम्भीरतापूर्वक वार्ताको थालनी गरे आफुहरु युद्धविरामको नियम पालना गर्न तयार रहेको भन्ने विपक्षीहरुको भनाइलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहले जनाएका छन् ।