पु.समाचार

सबै दलहरु जीम्मेवार नभए मुलकमा दुर्भाग्य हुने – डा. शेखर कोईराला

सुर्यखबर सँबाददाता,
बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रभाबशाली नेता डा. शेखर कोईरालाले पार्टीले महामानव बिपी कोईरालाको आदर्श र सिद्धान्त बिर्सँदै गएकोमा आफु अत्यन्त दूखी भएको बताएका छन् ।
बीपीको आदर्श अहिले झनै सान्दर्भिक रहेको प्रकाश पार्दै कोईरालाले बीपीको सिद्धान्तलाई बिर्सेर अगाडी बढ्न खोज्नु मुलुक र पार्टीकै लागी दुर्भाग्य हुने बिचार ब्यक्त गरेका छन्।
नेपाली काँग्रेस मोरंगले बीपी कोईरालाको १सय ३ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोईरालाले राजनीतिक दलहरूका अगाडी चूनौतीका पहाडहरू उभिएको र त्यसलाई चिरेर अगाडी बढ्नुपर्ने अवस्था रहेको समेत दाबी गरेका छन् ।

स्थानिय तहको पुनसंरचना गरेर आगामी चैत्र भित्र स्थानिय निर्वाचन गरी संबिधान कार्यान्वयन गर्न नसके मुलुक भयावह बाटोमा प्रवेस गर्ने मा चिन्ता ब्यक्त गर्दै डा कोईरालाले सबै दलहरू मुलुक र जनता प्रति संवेदनशिल र ईमान्दार हुनुपर्ने समय आएको बताएका छन् ।