पु.समाचार

महन्थ ठाकुर र उपेन्द्र यादवले सुटुक्क भेटेको आरोप

काठमाडौं । संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिप पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे ।

यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटवारे गठबन्धमा आवद्ध दललाई जानकारी नदिएका जनाइएको छ ।

थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नेतबीच भएको भेटवार्ताबारे आफूलाई केही जानकारी नभएको बताए ।

थारु मात्र होइन, मधेसी मोर्चासहितको गठबन्धमा आवद्ध साना दलले नेतृत्वले गठबन्धनलाई पार्टीका रुपमा चलाउन खोजेको आरोप लगाएको भन्दै आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित भएको छ ।

गठबन्धनका ठूला दलका नेताले यस्ता राजनीतिक भेटवार्तालाई गुपचुप राखेपछि साना दलमा असन्तुष्टि देखिएको छ ।