काठमाण्डौ । परराष्ट्रमन्त्री डा.प्रकाशकरण महत आइतबार भारत जाँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारीका लागि महत भारत जान लागेका हुन् ।
प्रधानमन्त्री दाहाल भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा उठ्ने एजेण्डा र तयारीका लागि महत आइतबारदेखिनै दिल्लीमा सक्रिय रहने जनाइएको छ । यसअघि प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतको भ्रमण गरेका थिए ।