खेलकुद

आर्सनलले साउथह्यामप्टनलाई २–१ ले हरायो

एजेन्सी– गए रातीको खेलमा इंग्लिस प्रिमियर लिगमा आर्सनलले साउथ ह्यामप्टनलाई हराएको छ ।  खेलमा आर्सनल इन्जुरी समयमा गोल गर्दै विजयी भएको हो । आर्सनल गत वर्षको उपविजेता समेत हो ।

रोमाञ्चक ढंगले चलेको खेलमा सान्टी काजोलाले पेनाल्टी मार्फत गरेको गोलका कारण आर्सनलले साउथह्यामप्टनलाई २–१ ले हराएको थियो ।

साउथह्यामप्टनले सुरुवाति अग्रता लिनुअघि १८ औं मिनेटमा पेट्र सेचले आत्मघाती गोल गरेका थिए । तर केही समयपछि २९ औं मिनेटमा लरेन्ट कासिएल्नीले आर्सनलका बराबरी गोल फर्काएका थिए ।

काजोलाले इन्जुरी सयमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेर आर्सनललाई जित दिलाउँदै महत्वपूर्ण तीन अंक जोड्नुअघि अन्तिम समयसम्म दुवै पक्षको १–१ को बराबरमा सिमित रहेको थियो ।

यो जितसँगै आर्सनल छैटौं स्थानमा उक्लिएको छ । उसले चार खेलबाट सात अंक जोड्न सफल भएको छ । साउथह्यामप्टन दुई अंकसहित अंक तालिकाको १८ औं स्थानमा रहेको छ ।