पु.समाचार

तरुण दलको अधिवेसन असोज ३, ४, ५ पोखरामा हुने – अध्यक्ष राणा

प्रमिला सापकोटा,

काठमाडौं । नेपाली काँग्रेसको भातृसँस्था नेपाल तरुण दलको चौथो महाधिभेसन असोज ३ गतेदेखि ५ गतेसम्म पोखरामा हुने भएको छ । आईतबार गरिएको तरुणदलद्वारा काठ्माण्डौमा आयोजीत पत्रकार सम्मेलनमा दलका अध्यक्ष उदय सम्शेर राणाले अधिवेसन तोकिएकै मितिमा हेनेमा आसँका नगर्न सबैलाई आग्रह गरेका छन् ।
१३ औं महाधिवेसनबाट नेपाली काँग्रेसको सभापती बन्न सफल भएपछि नेबिसँघको अधिवेसनबाट थप शक्तीसाली बनेका शेरबहादुर देऊवा नेपाल महिला सँघ, तरुण दल लगायतको अधिवेसनबाट पार्टीभित्र शक्तीसाली बन्ने आँकलन गरिएको छ । नेबिसँघमा पौडेल पक्षीय नेताहरुको सभापती समेत बहुमत आउने आँकलन गरिएपनि त्यसको उल्टो भएको थियो, अब तरुण दलमा त सभापती पक्षीय नेताहरुकै पकड भएका कारण देउवाकै पल्ला भारी हुने निश्चित भएको काँग्रेस नेताहरु बताउछन् ।
पत्रकार सम्मेलन तरुण दलको भनिएपनि रामचन्द्र पौडेल पक्षीय तरुण दलका नेताहरु लक्ष्मी खतिवडा, दामोदर कोईराला, मेदिनी सिटौला, टेकराज पौडेल लगायतका नेताहरु उपस्थीति हुन सकेका थिएनन् ।
यसबाट तरुण दलको चौथो अधिवेसन असोज ३ गते सँबिधान दिबश परेका कारण  दशैं-तिहार पछि सर्ने सम्भाबना रहेको दलका नेता एक नेताले सुर्यखबरलाई बताएका छन् ।