समाचार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ (खरीपाटी) स्नातक तह तीन वर्षे बीए दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानून संकायतर्फ २०७२ साल साउनमा भर्ना भएका एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाहरुको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस