पु.समाचार

नेपालले राख्यो भारतसँग रेलमार्ग जोड्ने सम्बन्धमा नयाँ प्रस्ताव

काठमाडौं । वाणिज्य मन्त्रालयले कोलकता र विशाखापटनम बन्दरगाहाबाट नेपालका ४ प्रमुख नाकामा रेलवे सेवा जोड्न भारतसँग प्रस्ताव गरेको छ ।रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको छ ।

तेस्रो मुलुकबाट आयात हुने समानको ढुवानी बल्क कार्गौ र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाइएको हो ।
अहिलकेो पारवाहन सन्धिबमोजिम बल्क कार्गो कोलकता बन्दरगाहबाट वीरगन्ज नाकाबाट मात्र ल्याउन पाउने प्रावधान छ ।

बल्क कार्गोमा सिमेन्ट, तरकारी, फलफूल र मलमात्रै ल्याउन पाइन्छ । त्यस्तै रेलवे सेवा सम्झौताबमोजिम कोलकताबाट वीरगन्ज नाकामा मात्र रेलवेमार्फत ढुवानी गर्न पाइने व्यवस्था भएको जनाउँदै मंगलबारको कारोबार दैनिकमा समाचार प्रकाशित भएको छ ।