आर्थिक

चिनियाँ कम्पनीले पायो हाइड्रो पावर निर्माणको जिम्मेवारी

काठमाडौं । काबेली ‘ए’ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७.६ भेगावाट क्षमताको झिझ्याङ टीडव्लू र सीडब्लू नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालीले निर्माणको काम सुरु गरेपनि विवादका कारण अघि बढ्न सकेको थिएन ।

दसैं लगत्तै चिनियाँ कमपनीले निर्माणको काम सुरु गर्नेछन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५१ प्रतिशत र सिंगापुरको इन्फ्राको कँपनीको ५४४ प्रतिशत सेयर लगानी छ ।

कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुने जनाउँदै शुक्रबारको कारोबारमा समाचार प्रकाशित छ ।