समाचार

बाढीले बगाउँदा खोटाङमा २ जनाको मृत्यु

३ साउन, खोटाङ । खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईलाई शनिबार स्थानीय छाँगे खोलाले बगाएको हो।

त्यसैगरी गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले जानकारी दिए ।