राजनीति

सरकारले दियो सर्वोच्च अदालतलाई लाजमर्दो जवाफ

काठमाडौं । मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धि निर्णयको फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् ।

कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकन जवाफ दिँदै मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो ।

निवेदन अर्यालले भदौ २१ मा सर्वोच्चलाई यस्तो व्यहोराको जवाफ प्राप्त भएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लोकमानलाई नियुक्त गर्ने निर्णयको सक्कल कागज र २०६३ सालमा कार्कीलाई सोधिएको स्पष्टीकरण पत्र पेस गर्न आदेश दिएको थियो भन्दै शुक्रबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।