विचार/ब्लग

यस्तै छ साथी काठमाण्डुको जीवन !

रामेछाप जील्लामा नोकर्नीको रुपमा काम गर्ने बिजुलीलाई काठमान्डौँको साहु बिनोद यादबले छोरी बनाएर पालेको छ , बिनोदले बिजुलीको नाम परिवर्तन गरी नयाँ नाम दिएको छ बिज्जी यादब । काठमान्डौँ आएपछि बिज्जी फेरिएकि छे फिलिम हेर्नु, टिकट ब्यालक गर्नु, चोर्नु उसका डेली काम हुन् । यी काम गरेको यादबले थाहा पाएपछि गालि नगरि नजानिदो पाराले मायानै गरेको छ अब के हुन्छ कथाबाटनै पढौँ ल ।
सोचाईको लहरमा बग्दा बग्दा उसला एक किसिमको जोस जस्तो उत्तेजनाले छोप्छः काठमान्डौँको नयाँ साँझ रङ्गिन शहर, रत्नापार्क भुगोलपार्क यता हुँदोनै बढि चहलपहल हुने गर्छ्र । कुनै कुनै चित्रकारको आ आफ्नो शैलि हुनसक्छ । कुनै बिशिस्ट ठाउँलाई रङलाई लिएर उडाउपत्र यहाँ त्यस्तै छ १ वास्तबिक्ता मा काठमान्डौँको साँझ जीवन हो, रातको यस महानगरमा बिहानी बुढो हुन्छ, थकित हुन्छ, काठमान्डौँको बिहानी मस्ति र खुमारिको नसामा दुखिरहेको हुन्छ, ।

यो नमिठो अनुभुति काठमान्डौँको मुटुले अनुभुति गर्छ, यस्तै यस्तै असङ्खय अभ्यस्त मनहरु साँझ खपिनसक्नु गरि चञ्चल हुनु कुनै अस्वभाभिक होईन । यहाँ, चरा बासबसेपछि मान्छे जाग्छ । यहाँ यसरी गुलाबी साँझमध्ये उत्तेजित मनस्थिति बोकेको आकृति महाबौद्दको गल्लीबाट रत्नापार्क हुदै मन्दगतिमा नयाँ सडकतिर लाग्छ आफ्नो धुनमा बिचरण गरेको सर्प जस्तै तरुनि साँझ बिभिन्न पाराले साउति मारेको छ । कतै हल्का छ उधङ्ख छ गोप्य छ , मौन छ, भिडभाड छ भनिरन पर्दैन ।

परिधानहरु भनिरहन पर्दैन, सुगन्धहरु छ्यासमिस छन छुट्टयाउन सकिदैन, कुनै बाध्याता छैन । सबै अभ्यस्त छन कताबाट कुन सुगन्धको वैरो आँउछ बिस्तारै रङ्गिचङ्गि उज्यालाहरु सडक र पसलमा पस्न थाल्छन् । बैसाखे आकास पनि कुनै कम छैन रङ्गि बिरङ्गि ताराहरु एकैछिन पछि टाँगिन सक्छन्, कति सितल छ यतिखेर रमाईलो छ, यतिखेर मनमा रमाईलो हुनेहरु त्यसोत बिरानो पन छ भागोस पनि कहाँ त्यो घोप्टिएर न्यास्रियर हिडिरहेको छ, सबै एकैचोटि सुःखी–दुःखी हुन सक्दैनन् ।

सबैका आफ्ना आफ्ना कथा हुन्छन । बाँच्ने शैलि हुन्छन यहि सबै परिभाषित हुन्छन । कसैलाई भोलि बिहानको प्रबल प्रतिक्षा छ । कसैलाई आज एक रात मात्र भए पुग्छ । भोलिदेखि सामना गर्न सक्दैन उ परिस्थितिसँग यस्तो अनुभुति भैराछ दुबै थरिका हरु वहोरदोहोर भईरहेछन । बिस्तारै बिस्तारै सडक पार गरिरहेछन । अनबिज्ञ एकअर्कासँग बाहिरि हेलो नमस्कारले कुनै अर्थ राख्दैन । मान्छेको रङहरु भनिरन पर्दैन । कोलाज हो कोलाज अमुर्त चित्रकारले केहि रङ पोत्नपर्छ क्यानभासमा बश सबै परिभाषित भैदिन्छन ।
नयाँ सडकको एउटा औषधि पसल भित्र बेस्सरि कोलाहल छ । एउटी आईमाईको ब्यागनै हराएछ, भर्खरै बिचरि रुदै भनिरैछे छोरो टिचिङ हस्पिटलमा अपरेसन गर्ने हो, डिपोजिट राख्न सात सय र एक तोलाको औँठी थियो, कता गयो कता भर्खरै यहिँ थियो । कोहि पनि आको छैन थरथराउँदै छे एउटि महिला भयभित हुन्छे हरे छोरो छ हष्पिटलमा यो काठमान्डैँमा चोरि चाकरि बढिरहेछ । भन्छे अर्कि आईमाई अझ प्रहरि पनि यसै चोरसित मिलेका हुन्छन भन्छन् । चोरि भष्टाचार यस्तै कुनै मार्मिक कुनै साधारण कुनै गरिमासालि कुनै निक्रिस्टतम तर धेरै घटना राम्रा छैनन समयले यहिँ मोडमा ल्याएर पछारेको छ ।

राजधानिलाई बेहोर्दै छन मान्छेहरु आ आफ्नै पाराले ठिक यतिनैखेर सुन्धारा पछाडि एउटा ममसा पसलमा कालो सरवाल कुर्ता लगाएकि आधुनिका ह्यान्ड ब्याग एकातिर बोकेर निकै भोकाएको तालमा मम खानमा मग्न छे । उसलाई कसैको ध्यान छैन बेलाबेला आफ्ना बाटुला र चहकिला आँखा यताउता घुमाउँछे बास । साउजि खुर्सानि दिनुसत पसिना पुच्दै अडर गर्छे उ बसेको ठिक बिपरित दुई जना युबक चुरोटको तालमा उशलाई हेरिरहेका छन् । अनि एऊटाले भन्छ उ हेर्न क्या च्वाँख छे यार। अँ यार यो केटि धेरै उमेरत भ एकि छैने तर धेरै फेशन पार्ने कालि उठि यार नत्र एकछिन साईड हान्ने मुड थियो अर्काले भन्यो एकार्गभ एर मम खाईरहेकि ठिटि दुई पिलेटको पैसा तिरेर निस्कि अनि सुलुल बगेजस्तै गरि झोसेको गल्लिभित्र हराउँछो होटल बाट निस्केको युबक चारैतिर आँखा घुमाउँछ तर उ ढिला भयो तेसो त भिडभाडले पनि दृश्यलाई बाधानै दिन्छ ।

उसैमाथि रातले पहिलोपटक आँङ तन्काउने समय हो गल्लिबाट भित्र छिरेपछि केहिछिनमै बिज्जि घर पुग्छे अनि कोठामा ग एर गर्लाम्म ढल्छे आजभोलि उषलाई आफ्नो सरिर अफ्ठ्यारो भ एजस्तो लाग्छ उ बुझ्दिन के हुन्छ तर यति उषले निश्चित रुपमा थाहा पाउँछे कि अब म ठुलि भएँ उसलाई आफ्नो षरिरको मोह लाग्न थालेको छ आज भोलि उ पैलाभन्दा धेरै चोटि ऐना हेर्छे तकियामुनिबाट ऐना झिकेपछि आफुलाई सोझो बाङगो तरिकाबाट हेरेपछि पसिना पुछ्छे अनि सरर ब्याग खोल्छे । सुनौला अक्षरले लेखिएको हरियो ब्याग निकालेर सुमसुमाउँछे वा नोट दुईटा गैँडा पनि जम्मा सात सय आजको कमाईत राम्रै भएछ । यो पाहाडे कागजमा बेरेको के नि ओ औँठि बुवाको जत्रै छ बुवाले एकतोलाको हो भन्नुहुन्थ्यो गहौँ पनि छ। बुवाले भन्दा पनि बढि कमाए आहा
औँठि बायाँ हातको माझि औँलामा लगाएर सोँच्छे आज बुवा निकै खुशि हुनुहुनेछ । क्रमसः