पु.समाचार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार उच्चस्तरीय भेटघाटमा व्यस्त हुँदै

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले भारतीय समयअनुसार बिहान ११ बजेर ३० मिनेट देखि १२ बजेसम्म भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएको हुन् ।
त्यसअघि प्रधानमन्त्री दाहाल बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले दिने गार्ड अफ अनरमा सहभागी हुने जनाइएको छ । त्यसलगत्तै महात्मा गान्धीको समाधिस्थलमा गए उनले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसपछि हैदराबाद हाउसमा प्रधानामन्त्री दाहालसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आधा घण्टा छुट्टै वार्ता हुने जनाइएको छ । यो भेट ११ बजेर ३० मिनेटदेखि १२ बजेसम्म हुनेछ भने १२ बजेदेखि एक घण्टा प्रतिनिधि मण्डलस्तरीय औपचारिक भेटवार्ता हुने जनाइएको छ । प्रधानमन्त्री दहालले शुक्रबार नै भारतीय राष्ट्रपतिसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।