खेलकुद

क्रिष्टियानो रोनाल्डोले रचे फेरि अर्को इतिहास

एजेन्सी– सामाजिक सञ्जालमा संसारकै सबैभन्दा बढी प्रभाव पार्न सक्ने व्यक्तित्वहरुको रिजल्ट प्रकाशित गरिएको छ । विश्वविख्यात सञ्चारगृह एप्पल ट्रि कम्युनिकेशनले सो परिणाम प्रकाशित गरेको हो ।

एप्पलको रिपोर्ट अनुसार सामाजिक सञ्जालमा संसारकै सबैभन्दा बढी लोकप्रिय अमेरिकी गायक टेलर एलिसन स्वीफ्ट छानिएका छन् भने दाश्रो वरियतामा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो परेका छन् ।

स्वीफ्टका संसारभर २ सय ४६ मिलियन फलोअर्स रहेका छन् भने रोनाल्डोका २ सय ३८ मिलियन फलोअर्स देखिएका छन् । रोनाल्डो पोर्चुगलका कप्तान तथा रियल मर्डिडका स्टार स्ट्राइकर समेत हुन् ।

रिपोर्ट अनुसार रोनाल्डोका ती फलोअर्सलाई तुलना गर्दा ब्राजिल र क्यानडाको कुल जनसंख्या बराबर हुने समेत जानकारहरु बताउँछन् ।