पु.समाचार

प्रचण्ड पत्नी सीता र नरेन्द्र मोदीसँग जोडिएको तस्वीरबारे यस्तो छ भित्री कुरा !

काठमाण्डौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनीसँगै भ्रमणमा रहेका पत्नी सीता दाहालको एउटा तस्वीरको पछिल्लो समयमा चर्को आलोचना भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट र त्यसपछि तस्वीर लिने क्रममा प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीतर्फ रहँदै गर्दा बाहिर आएको तस्वीरले नेपाली सामाजिक सञ्जाल र मिडियाहरुमा निकै ठूलो स्थान पाएको छ ।

वास्तवमा त्यो घटना कसरी घट्यो र त्यो तस्वीर कसरी बाहिर आयो भन्ने विषय सबै टेलभिजन र डिजिटल पेपरहरुले बाहिर ल्याएपनि त्यसले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा देखिएको कमी कमजोरी र अमर्यादालाई थप छर्लङ पारिदिएको छ ।

कसरी घट्यो यो घटना ?

वास्तवमा छिमेकी मुलुकका प्रधानमन्त्रीहरु आफ्नो देशको राजकीय भ्रमणमा आउँदा सम्बन्धित मुलुकको प्रधानमन्त्रीले राजकीय शैलीमा स्वागत गर्नु लामो र पूरानो संस्कार नै हो । जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहाललाई स्वागत गरे, त्यसबेला सीता विपरित दिशातर्फ परिन् । जबकी त्यो दिशातर्फ प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्रीले हात मिलाएर तस्वीर खिचाउँदा उनी बीचमा पर्ने भइन् ।

त्यसबेला सीता केही अतालिएजस्तो देखिइन् । लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई इशारा गरेर आफुतर्फ आउन आग्रह गरे । लगत्तै सीता मोदीतर्फको दिशामा देखिइन् ।

लगत्तै सीताले दिशा बदलेर प्रचण्डतर्फ गएको भए, उनको तस्वीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छेउमा बसेको देख्न असम्भव हुन्थ्यो । उनी त्यहाँ सहजै उभिइरहिन् । मिडियाहरुले धमाधम तस्वीर लिइरहे । केही मिनेटमै सो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइहाल्यो ।

सीता दाहालभित्रको अज्ञानता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पृष्ठभूमी आफैंमा सामान्य भएको र पत्नी सीता पनि सामान्य पारिवारिक पृष्ठभूमीबाट आएकोले यस्तो विषयमा अनविज्ञ भएको हुनसक्ने धेरैले तर्क गरेका छन् । तर दोश्रो पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड र उनकी पत्नीलाई यी कुरा धेरै थाहा हुनुपर्ने हो । किनभने प्रधानमन्त्रीको हैसियतमा मात्र होइन, नेपालका ठूला र प्रभावशाली नेताको रुपमा समेत पत्नी सितासँगै उनले कयौं विदेशी मुलकहरुको भ्रमण गरिसकेका छन् ।

14264195_1083865791666473_5094624406320028270_n

पत्नी सीतामा यो कुराको अनविज्ञता नहुनुपर्ने थियो । आधारभूत चेतनामा उनी नेपालका अन्य सामान्य नारी सो सरहकी महिला हुन् भने पनि त्यस्तो किसिमको (प्रधानमन्त्री पत्नीको रुपमा) राजकीय भ्रमणमा सामेल हुँदा कस्तो किसिमको मर्यादा राख्ने भन्ने कुराको उनले ख्याल राख्नुपथ्र्यो, अन्यथा सल्लाह लिएर तयारी समेत गर्नुपथ्र्यो । त्यसो हुन नसक्दा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण थोरै नुन नहालिएको तरकरी जस्तो हुन पुगेको धेरैको आंकलन छ ।

तयारीको कमी
कुनै पनि मुलुकको प्रधानमन्त्रीले छिमेकी वा अन्य विदेशी देशहरुको भ्रमणमा जाँदा कुटनीतिक मर्यादाको ख्याल गनुपर्ने चलन छ । यो सवालमा प्रधानमन्त्री दाहालको सचिवालय र उनको नेतृत्वले ख्याल गर्नुपथ्र्यो ।

पत्नी सिता दाहाललाई समेत आधारभूत विषयमा सतर्क गराउनुपथ्र्यो । त्यो हुन नसक्दा पनि यस्ता किसिमका सामान्य घटनाहरुले भ्रमणलाई प्रभावित पारेको हुन सक्ने जानकारहरु बताउँछन् । अरु धेरै तस्वीरहरु सीतासँग जोडिएर आएका छन् । जस्तो, प्रधानमन्त्रीसँगै हिड्दा हात बाँधेर मात्र हिड्नु, कतै बस्दा चप्पल फुकालेर सोफामाथि नै ढसमस्स बस्नु यी विषयमा समेत अग्रीम सतर्कता अप्नाउन सल्लाह दिने टिमको कमी भएको हो कि भन्ने धेरैले अनुमान गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा यी घटनाहरुले नुन नहालेको तरकारी गम्भीर कुटनीतिक अपरिपक्वता भएको ठहर्छ । त्यस्तै  प्रधानमन्त्री दाहालको परिवारले समेत यसमा ख्याल राख्नुपथ्र्यो । छोरा प्रकाश दाहाल समेत नीजि सचिवाललयमा भएकोले उनको समेत गम्भीर कमजोरी यसमा देखिन्छ । किनभने यो सवालमा उनले समेत मर्यादाको बारेमा आमालाई पाठ सिकाउनुपथ्र्यो ।  यी घटनाबाट आगामी नेतृत्वले गम्भीर पाठ सिक्नुपर्छ ।