पु.समाचार

महिला संघको नेतृत्वमा अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित देउवा पक्ष हावी (नामसहित)

काठमाण्डौ । नेपाल महिला संघको तेश्रो महाधिवेशनमार्फत उमा रेग्मी विजयी भएकी छन् । शनिबार बिहान प्राप्त संघको मत परिणाम अनुसार रेग्मी विजयी भएकी हुन् । रेग्मीले निकटतम प्रतिद्धन्द्धी मीना पाण्डेलाई २ सय २ मतान्तरले पराजित गरेको बताइएको छ ।

अध्यक्षमा विजयी रेग्मीले ९ सय ९८ मत ल्याएकी छन् भने पाण्डेले ७ सय ९६ मत प्राप्त गरेकी छन् ।

यस्तै, महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छन्। उनले निकटतम प्रतिद्वन्द्वी गोमा केसीलाई हराएकी हुन्। केसीले ७७६ मत प्राप्त गरिन्। कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छन्। उनकाी प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी थिइन्।

२ हजार १ सय १४ मतदाता रहेको उक्त निर्वाचनमा १ हजार ८ सय १४ जनाले मतदान गरेका थिए।

कुल ५३ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए। निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति र मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

1

2

3

4

5