पु.समाचार

संघीय गठबन्धनका नेताले लगाए कांग्रेसलाई कठोर आरोप

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएका छन् ।

संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तुष्टी समेत बढ्न थालेको देखिएको छ ।
मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको मोर्चा आवद्ध नेताले बताए को भन्दै आइतबारको कारोबारमा समाचर प्रकाशित छ ।