एजेन्सी– अमेरिकामा श्रृंखलाबद्ध रुपमा हमला गर्ने एक आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।गत हप्ता मात्र अमेरिकाको न्युयोर्क तथा न्यूजर्सी हमलामा जोडिएका उनलाइ प्रहरीको खोजीको सुचीमा राखेको थियो ।
अफगानिस्तानका नागरिक रहेको दाबी गरिएका ती हमलाका सन्दिग्ध अहमाद खान रहमीलाई प्रहरीले पक्राउ गर्न सफल भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
रहमीलाई एउटा प्रहरी कार्वाहीमा पक्राउ गरिएको अधिकारीहरुको भनाईलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।