खेलकुद

मेस्सी फेरि घाइते

काठमाण्डौ । बार्सिलोनाका विश्व प्रसिद्ध स्टार लिओनल मेस्सी घाइते भएका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टारका रुपमा चिनिने मेसी स्पेनिस ला लिगामा एथ्लेटिकको मर्डिड विरुद्धको खेलका क्रममा घाइते भएका हुन् ।

खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका थिए । मेसी अब तीन साता मैदान बाहिर रहने जनाउँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रसारण गरिरहेका छन् ।

यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले ।

मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएपनि त्यसको निश्चित भने भइनसकेको जनाइएको छ ।