आर्थिक

विद्युत उत्पादन सुरु गर्यो माथिल्लो मस्र्याङ्दी ‘ए’ ले

काठमाडौं । ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ ।चार वर्षअघि निर्माण सुरू भएको माथिल्लो मस्र्याङ्दी ए आयोजना निर्माण सम्पन्न भई सोमबारदेख उत्पादन सुरु गरेको हो ।

नेपालमा विद्युत प्राधिकरणले २०६५ सालमा निर्माण सम्पन्न गरेको ७० मेगावाटको मध्यमस्र्याङदीपछि सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना हो ।

उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रममा जलजुङमा विद्युत उत्पादनको लागि अनुरोध गरेर उत्पादन शुभारम्भ भएको घोषणा गरेका थिए ।

उर्जा सचिव अनुप उपाध्याय, नेपालका लागि जनवादी गणतन्त्र चिनियाँ राजदुतावासका प्रतिनिधि चेङ जीलगायतको उपस्थितीमा आयोजना शुभारम्भ भएको घोषणा गरिएको थियो ।

चीनको पावरचाइना रिसोर्सेस र चितवन को ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा सिनोहाइड्रो सगरमाथा पावर कम्पनी प्रालिद्धारा लमजुङको भुलभुलेमा निर्माण, सञ्चालन तथा हस्तान्तरण अवधारणमा निर्माण गरिएको आयोजना १६ अर्बमा निर्माण सम्पन्न भएको हो भन्दै मंगलबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।