शिक्षा

विद्यालयबाट एक लाख ३० हजार चोरी

मोरङ । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ।

विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो।
विद्यालयको स्टिल दराज फोडेर त्यहाँभित्र राखिएको रकम चोरी भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए। रकम चोरी भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस