समाचार

खोलामा डुबेर एक युवकको मृत्यु

रुपन्देही । रुपन्देहीमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डी– ५ का १७ वर्षे दिनेश लोधको खोलामा डुबेर ज्यान गएको हो ।

जिल्लाको सालझण्डको स्थानीय खोलामा माछा मार्न गएका दिनेशको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

खोलामा डुबेको अवस्थामा दिनेशलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।