एजेन्सी । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको खबर छ । सो भूकम्पको मापन ७.१ रेक्टर स्केल रहेको त्यहाँका स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
न्यूजिल्यान्डको गिस्र्वानबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दु रहेको भनिएको सो भूकम्पपछि सुनामी सहितको आँधी आउने चेतावनी समेत दिइएको छ ।
स्थानीय सुरक्षा अधिकाहरुले तोलोगा बे क्षेत्रबाट सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा जानको लागि आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ । यो समाचार तयार पारुन्जेलसम्म भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।