पु.समाचार

प्रेम जालमा पारेर अपहरणको अनौठो नाटक

काठमाडौं । आफ्नो धन दौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहरित अहमद मुस्किलले बाँचेको एउटा अनौठो खबर बाहिर आएको छ ।

आइतबारको अन्नपूर्ण पोष्टका अनुसार भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन छ त्यही मेरो’ भन्थे ।

सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन ।

त्यो घर उनी जहाँ मस्तको निन्द्रा निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए । यसवर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएको थियो ।
भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसैसाता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब युवतीले उनलाई आफ्नो घर हो भनि लगेको ठाउँमै थुनिनुपर्यो । भदौ १२ गते उनी लेखनाथ नगरपालिका ८ सिसुवामा अशोक अधिकारीको एक कोठामा बन्धक बने ।

झ्यालबाट झरेर निँस्कदाँ चोरको बात लाग्यो र प्रहरीकहाँ बुझाइयो । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए । उता उनका दाजुसँग एक करोड रूपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले भने ।